७ चैत्र २०८२, शनिबार | March 21, 2026

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छिन । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन ।

पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए । अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताए ।

गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १ : १९ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका