२७ मंसिर २०८२, शनिबार | December 13, 2025

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि विराटनगर किंग्सले लुम्बिनी लायन्सबाट १३५ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको झिनो योगफल बनायो ।

लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन जोडे। उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन जोड्दै इनिङ सम्हाल्न योगदान दिए ।

८-१ को परिस्थितिबाट यी दुईले ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै लुम्बिनीलाई प्रतिस्पर्धी स्कोरसम्म पुर्‍याएका थिए । तर, ११.२ ओभरमा ७७-२ को अवस्थामा रहेका लुम्बिनीले त्यसपछि २७ रन मात्र थप्न सकेर १६ ओभरभित्र १०४-६ को अवस्थासम्म झरेको थियो ।

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । तर, बाँकी ब्याटर दोहोरो अंकमा पुग्न विफल रहे । सन्दीप जोरा र जे.जे. स्मिथ ‘डक’मा आउट भए भने दीलिप नाथ र दीनेश अधिकारी एक-एक रनमा सीमित रहे ।

विराटनगरका स्पिनर सुवास भण्डारी उत्कृष्ट फर्ममा रहे । उनले चार ओभरमा मात्र १४ रन खर्चेर तीन विकेट लिए । प्रतिश जिसीले पनि चार ओभरमा २७ रन दिएर तीन विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले १८ रन खर्चेर दुई विकेट लिए ।

आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग मंसिर २७ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो, जबकि लुम्बिनी लायन्स चौथो स्थानबाट प्लेअफसम्म पुगेको थियो ।

फाइनलसम्मको यात्रामा दुवै टोलीको प्रदर्शन चर्चामा रहेकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ५ : ३९ बजे

एनपीएल फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि आज

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग