६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि विराटनगर किंग्सले लुम्बिनी लायन्सबाट १३५ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको झिनो योगफल बनायो ।

लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन जोडे। उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन जोड्दै इनिङ सम्हाल्न योगदान दिए ।

८-१ को परिस्थितिबाट यी दुईले ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै लुम्बिनीलाई प्रतिस्पर्धी स्कोरसम्म पुर्‍याएका थिए । तर, ११.२ ओभरमा ७७-२ को अवस्थामा रहेका लुम्बिनीले त्यसपछि २७ रन मात्र थप्न सकेर १६ ओभरभित्र १०४-६ को अवस्थासम्म झरेको थियो ।

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । तर, बाँकी ब्याटर दोहोरो अंकमा पुग्न विफल रहे । सन्दीप जोरा र जे.जे. स्मिथ ‘डक’मा आउट भए भने दीलिप नाथ र दीनेश अधिकारी एक-एक रनमा सीमित रहे ।

विराटनगरका स्पिनर सुवास भण्डारी उत्कृष्ट फर्ममा रहे । उनले चार ओभरमा मात्र १४ रन खर्चेर तीन विकेट लिए । प्रतिश जिसीले पनि चार ओभरमा २७ रन दिएर तीन विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले १८ रन खर्चेर दुई विकेट लिए ।

आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग मंसिर २७ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो, जबकि लुम्बिनी लायन्स चौथो स्थानबाट प्लेअफसम्म पुगेको थियो ।

फाइनलसम्मको यात्रामा दुवै टोलीको प्रदर्शन चर्चामा रहेकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ५ : ३९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज