२ चैत्र २०८२, सोमबार | March 16, 2026

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

स्थानीयले गरे एक घर एक स्कुलको खाने बस्ने व्यवस्था



खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आज खजुरा ४ को मिनी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक खजुरा गाउँपालिकाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक एवम खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुरालाई खेलाडी उत्पादनको हव बनाउने गरि पालिकाले योजना बनाईरहेको जानकारी दिए । उनले पालिकाले कपड्डी खेललाई पालिका खेलका रुपमा निर्णय गरेको जनाउँदै त्यससँगै हरेक खेलमा खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए । जिल्ला, प्रदेश, राष्ट्रिय तथा ओलम्पिकमा समेत खजुराले उत्पादन गरेको खेलाडीहरु सहभागी भइरहेको बताउँदै उनले छिट्टै गोल्ड कपको समेत प्रतियोगिता आयोजना गरिने बताए ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको ज्ञानोदय उच्च माविका प्राचार्य ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिताको तयारी गरिएको बताए । बिद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि झाँकी तथा आकर्षक कवाजको प्रस्तुती रहने प्राचार्य सापकोटाले बताए ।

खजुरा खेलकुद विकास समितिका सदस्य सचिव छविलाल विष्टले एउटै पालिका भित्र ३ वटा मिनी रङ्गशाला रहेको उल्लेख गर्दै खजुरा खेलकुद क्षेत्रमा सधैं अब्बल भएको दाबी गरे । उनले प्रतियोगितालाई मर्यादीत बनाउन यसपटक विशेष कडाई गरिएको जानकारी दिँदै फर्जी खेलाडी समावेश भएको पाईए मेडल फिर्ता लिने सम्मको कारवाही हुने बताए ।

अन्तर विद्यालय मेयर रनिङ्‌ग शिल्ड खेलकुद प्रतियोगिता २०८२ को आठौं संस्करण ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा भोलिदेखि २९ गतेसम्म डि गाउँ सिथ्त मिनी स्टेडियममा सञ्चालन हुँदैछ ।

आयोजकका अनुसार प्रतियोगितामा कुल खर्च रकम रु १३ लाख ४७ हजार ८०० हुने अनुमान गरिएको छ। जसमध्ये विद्यालयबाट दर्ता शुल्क रु २ लाख ७७ हजार १०० खेलकुद विकास समिति मेयर कप शीर्षकबाट रु १० लाख तथा ज्ञानोदय माध्यमिक विद्यालयबाट रु ७० हजार २०० खर्च ब्यहोर्ने गरि खेल संचालन हुने बताइएको छ ।

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्‌डी गरी जम्मा ३० इभेन्ट्स मा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी हुनेछन् । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी हुनेछन्। छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन हुनेछ ।

प्रतियोगिता संचालनमा स्थानीय सहभागिता :

यसवर्षको प्रतियोगितामा स्थानीयबासीको प्रत्यक्ष सहभागिता देखिएको छ । मिनी रङ्गशाला आसपासका स्थानीयले खेलाडीहरुलाई बस्ने र खाने व्यवस्था मिलाएका छन् । एक घर एक स्कुलका रुपमा स्थानीयबासीले खेलाडी विद्याथीहरुलाई खाना खुवाउने र बस्ने व्यवस्था मिलाएको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : ५० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन