१७ माघ २०८२, शनिबार | February 1, 2026

पटक पटक नेतृत्वबाट धोका पाएका एमाले नेता गोपाल रानाले गरे केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा



बुटवल । पार्टी नेतृत्वबाट पटक पटक अन्यायमा परेको बुटवलका एमाले नेता गोपाल रानाले नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय भएरपनि पटक पटक अवसरबाट बन्चित गराइृएका रानाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रुपन्देहीका एमाले युवाहरुमाझ लोकप्रिय रानासँग विगत ३ दशक लामो समय एमालेका विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव रहेको छ । पछिल्लो स्थानीयतह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेदिनको बिहानसम्म बुटवल उपमहानगरपालिका प्रमुखको टिकटको आश्वासन दिएर पार्टी नेतृत्वले उम्मेदवारी दर्ता गर्नेबेला अर्कैलाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित निर्वाचित भएका रानाले युवा नतृत्वलाई जोड दिँदै आएका छन् । विभिन्न समयमा रुपन्देहीमा हुने युवा आन्दोलनलाई नेतृत्व तथा सहयोग गर्दै आएका राना बुटवल क्षेत्रका सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन् । युवाहरुलाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनु पर्छ भन्ने मान्यता राख्दै आएका उनी युवामाझ आदर्श र लोकप्रिय व्यक्तित्वका रुपमा परिचय बनाएका छन् ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य रहेका राना युवा र पार्टी नेतृत्व बीच समन्वयकारी भूमिकामा सफल रहँदै आएका छन् । पार्टीका उपाध्यक्ष विष्णु पौडेल निकट रहेको भन्दै जेनजी आन्दोलनका क्रममा रानाले संचालन गरेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र होटल ड्रिम इन्टरनेशनलमा तोडफोड र आगजनी भएको थियो ।

उनीसँगै राजनीतिक यात्रा सुरु गरेका विभिन्न व्यक्तिहरु पटक(पटक लाभको पदमा पुगेर जिम्मेवारी सम्हाले पनि उनले भने हालसम्म कुनै लाभको पद प्राप्त गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ९ : ४५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले