१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीभित्रको एकताले मात्रै मुलुकमा विद्यमान सङ्कट समाधान गर्न सकिने र त्यसका लागि आन्तरिक लोकतन्त्र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए । उनले जेनजी युवाको आन्दोलनपछि विकसित राजनीतिक तथा संवैधानिक सङ्कटको सामना तथा उनीहरूको भावनाको सम्मान गर्न नेतृत्व हस्तान्तरणको विकल्प नरहेको बताए ।

यस्तै पोलिटब्युरो सदस्य डा विमला पौडेल राईले बहुदलीय जनवादको सिद्धान्त स्थापित गर्न तथा अन्तरपार्टी लोकतन्त्रलाई संस्थागत गर्न नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन् । अर्का पोलिटब्युरो सदस्य ठाकुर गैरेले एमाले पार्टी कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको उल्लेख गरे ।

केन्द्रीय सदस्यहरु हरि राई, युवराज बाँस्कोटा र रामलाल साहले कम्युनिष्ट आन्दोलनको मूलधारको पार्टी एमालेलाई स्थापित गर्न, सबै वामशक्ति एकताबद्ध गर्न, मुलुकमा रहेको द्वन्द्वको अन्त्य गर्ने विषयलाई केन्द्रित गर्न नयाँ नेतृत्व अपरिहार्य रहेकाले देशभरका प्रतिनिधिलाई त्यसतर्फ संवेदनशील हुन आग्रह गरे ।

एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म राजधानीमा हुँदैछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १० : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित