२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको छ । चीनको नानकाई विश्वविद्यालय, मकाउ इन्टरनेशनल थिङ्कट्याङ्को सहकार्यमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको हो ।

हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना गर्ने सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गरे ।

इन्ष्टिच्युटमार्फत दुई देशबीचको सम्बन्ध, बौद्ध दर्शन, कला, संस्कृतिका विषयमा अध्ययन अनुसन्धान हुनेछ । सो अवसरमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले हिमाली बौद्ध परम्परा, पुरातत्वको अध्ययन अनुसन्धान जरुरी रहेको भन्दै विश्वविद्यालयबाट त्यसका लागि इन्ष्टिच्युट स्थापना गरिएको बताए ।

नानकाई विश्वविद्यालय, स्कुल अफ फिलोसोफीका प्राध्यापक चाओ वनले दुई देशबीचमा रहेको हिमालय बौद्ध संस्कृति, कला साहित्यको अनुसन्धानले दुई देशको सम्बन्धलाई अझ सुमधुर पार्ने बताए । उनले इन्ष्टिच्युटमार्फत संयुक्तमा रुपमा अध्ययन अनुसन्धान र प्रकाशनहरु गरिने बताए ।

मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले इन्ष्टिच्युटमार्फत अनुसन्धान क्रियाकलाप गर्नका लागि विश्वविद्यालयसंग सहकार्य गर्न पाएको खुसी व्यक्त गरे । उनले हिमालयन पेरिफेरिको अध्ययन अनुसन्धानले चीन नेपाल सम्बन्धलाई अझ बलियो बनाउने र अध्येताहरुमा ज्ञान प्रवद्र्धन हुने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले हिमालय बौद्ध संस्कृतिको अध्ययन अनुसन्धानका लागि इन्ष्टिच्युट स्थापना महत्वपूर्ण हुने बताए । इतिहास कायम गरेका गुम्बा संस्कृतिको अध्ययनको खाँचो औल्याउदै अव विश्वविद्यालयले इन्ष्टिच्युटमार्फत संयुक्त रुपमा अनुसन्धान र प्रकाशन गर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ५० बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा