२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’



काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । ललितपुरको कुमारीपाटीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले सौन्दर्य व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुर्याएकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र सीमित गर्न नहुने बताउँदै यस व्यवसायलाई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताइन् । उनले सौन्दर्य व्यवसायसँग सम्बन्धित उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वमिस नेपाल रुबि राणाले सौन्दर्य व्यवसायले बेरोजगारी न्यूनीकरण, महिलामा आत्मनिर्भरताको प्रवर्द्धन र सीप विकासमा सहयोग पुर्याएकाले यो क्षेत्र महिलाको क्षमता विकाससँग गाँसिएको बताइन् । उनले यस क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको पाटोबाट पनि हेरिनुपर्ने बताइन् ।

सौन्दर्य क्षेत्रलाई व्यसाय बनाएर सफल उद्यमी बनेकी ब्युटीसिएन चिनु गुरुङले ‘गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी’ को ३०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको कुमारीपाटीमा नयाँ शाखा विस्तार गरिएको जानकारी दिइन् । उनले नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्थाले व्यवसाय प्रवर्द्धनमात्र नभइ महिलाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको दाबी गरिन् ।

सन् १९९५ मा स्थापना भएको उक्त संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा समाहित गराउँदै आएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : २९ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३