२७ मंसिर २०८२, शनिबार | December 13, 2025

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार



काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज हेकिलप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौँको चम्पादेवीमा ‘हाइकिङ’ गएका बेला उराजदूत श्रीवास्तव अचेत भएपछि उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौँको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी अस्पताल लगिएको जानकारी दिए ।

बिरामी भएका राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ। राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

हाल राजदूत श्रीवास्तवको ग्राण्डीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार भएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्ले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १० : ३१ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको