१ पुस २०८२, मंगलबार | December 17, 2025

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै



काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकासँग पराजय भोगेको थियो । उता, बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ, जहाँ नेपाल जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।

नेपालले समूह चरणको अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

एकदिवसीय फर्म्याटमा आयोजना भइरहेको एसीसी यू-१९ एशिया कपमा आइसीसीका पूर्णकालीन सदस्य राष्ट्र अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनोट भएका छन् । त्यसैगरी, प्रिमियर कपबाट नेपाल र युएई छनोट भएका हुन् । नेपाल समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टोली प्रतियोगिताका लागि युएई पठाएको छ। टोलीका उपकप्तान निरज यादव रहेका छन् । नेपाली टोलीमा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री समावेश छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : १३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष