६ श्रावण २०८३, बुधबार | July 22, 2026

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै



काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकासँग पराजय भोगेको थियो । उता, बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ, जहाँ नेपाल जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।

नेपालले समूह चरणको अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

एकदिवसीय फर्म्याटमा आयोजना भइरहेको एसीसी यू-१९ एशिया कपमा आइसीसीका पूर्णकालीन सदस्य राष्ट्र अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनोट भएका छन् । त्यसैगरी, प्रिमियर कपबाट नेपाल र युएई छनोट भएका हुन् । नेपाल समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टोली प्रतियोगिताका लागि युएई पठाएको छ। टोलीका उपकप्तान निरज यादव रहेका छन् । नेपाली टोलीमा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री समावेश छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : १३ बजे

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र