१ पुस २०८२, मंगलबार | December 16, 2025

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत



काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि महाधिवेशन स्थलबाट रुंदै बाहिरिएका भनिएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल मार्फत केपी ओलीको प्यानलको पक्षमा मत मागेका छन् ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् ।

उनले महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको पनि उल्लेख गरेका छन् ।

नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन् । “म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” उनले लेखेका छन् ।

पार्टीको महासचिव पदका आकाँक्षि ज्ञवालीलाई महासचिवमा उठाउन ओलीले स्वीकार नगरेपछि उनी ओलीले दिएको उपाध्यक्षको प्रस्ताव अस्विकार गर्दै महाधिवेशन स्थलबाट बाहिरिएका थिए । महाधिवेशनको उदघाटन सत्रमा महासचिवले संचालन गर्ने गरिएको कार्यक्रमलाई ज्ञवालीलाई संचालन गर्न दिएर महासचिव शंकर पोखरेलले स्वागत भाषण गरेपछि ज्ञवालीलाई महासचिव र पोखरेललाई उपाध्यक्षको उम्मेदवार बनाउने आँकलन गरिएको थियो ।

सामान्यतया औपचारीक कार्यक्रमहरु महासचिवले संचालन गर्ने र वरिष्ठतम् उपाध्यक्षले स्वागत गर्ने परम्परा रहेपनि एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बोल्नबाट रोकेर महासचिव पोखरेलले स्वागत भाषण गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : २१ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा