१८ माघ २०८२, आइतबार | February 1, 2026

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकाङ्क्षाबमोजिम योजनाको तयारी गर्न निर्देशन दिए ।

“हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ, मुलुकको परिस्थितिबारे जानकार नै हुनुहुन्छ, यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भने, “हालको परिस्थिति राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ । मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ ।”

सोमबार मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : ४६ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए