४ पुस २०८२, शुक्रबार | December 19, 2025

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही जान लागेकाछन् ।

नख्खु कारागारले रिहाइ प्रक्रिया अघि बढाउन लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। केहीबेरमा उनी विमानमार्फत भैरहवा जानेछन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी लिई धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रुपन्देही जान लागेका हुन्।

जिल्ला अदालत रुपन्देहीले थुनछेकका क्रममा माग गरेको १ करोड रुपैयाँ धरौटी तथा लामिछानेले पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसमेत स्वीकार गर्दै बिहीबार थुनामुक्त गर्न आदेश दिएको हो।

यसअघि लामिछानेले आफ्नो भागको बिगो रकम बराबरको बैंक जमानत दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित उनले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ११ : १० बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ