१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी



बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।

देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा। ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुँदै छन् ।

निर्वाचन समितिका अनुसार कोशी प्रदेशअन्तर्गत मेची प्रादेशिक अस्पताल, भद्रपुर झापा, मधेश प्रदेशअन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज सप्तरी तथा लहान जिल्ला अस्पताल लहान सिराहा, वागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका केन्द्रहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा मकवानपुर, भिम अस्पताल भैरहवा रुपन्देही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पौष ४ गते (शुक्रबार) मात्र मतदान भएका छन् । त्यसैगरी कर्णाली प्रदेशअन्तर्गत सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पौष ४ गते (शुक्रबार) मात्र मतदान हुने भएका छन् ।

जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगञ्ज बाँके तथा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पौष ५ गते (शनिबार) मात्र मतदान हुँदैछ । कोशी अस्पताल (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर-७), विराटनगर मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा, नारायणी अस्पताल वीरगञ्ज पर्सा, भरतपुर अस्पताल भरतपुर चितवन, गण्डकी प्रदेशअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा कास्की तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा पौष ४ र ५ गते दुवै दिन मतदान गर्न सकिनेछ।

त्यसैगरी धुलिखेल अस्पताल धुलिखेल काभ्रेमा पौष ११ गते (शुक्रबार) मतदान हुनेछ भने काठमाडौं उपत्यकाअन्तर्गत राष्ट्रिय सभा गृह, भृकुटी मण्डप तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा पौष ११ र १२ गते मतदान हुने छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : २७ बजे

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन