४ पुस २०८२, शुक्रबार | December 19, 2025

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी



बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।

देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा। ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुँदै छन् ।

निर्वाचन समितिका अनुसार कोशी प्रदेशअन्तर्गत मेची प्रादेशिक अस्पताल, भद्रपुर झापा, मधेश प्रदेशअन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज सप्तरी तथा लहान जिल्ला अस्पताल लहान सिराहा, वागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका केन्द्रहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा मकवानपुर, भिम अस्पताल भैरहवा रुपन्देही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पौष ४ गते (शुक्रबार) मात्र मतदान भएका छन् । त्यसैगरी कर्णाली प्रदेशअन्तर्गत सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पौष ४ गते (शुक्रबार) मात्र मतदान हुने भएका छन् ।

जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगञ्ज बाँके तथा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पौष ५ गते (शनिबार) मात्र मतदान हुँदैछ । कोशी अस्पताल (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर-७), विराटनगर मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा, नारायणी अस्पताल वीरगञ्ज पर्सा, भरतपुर अस्पताल भरतपुर चितवन, गण्डकी प्रदेशअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा कास्की तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा पौष ४ र ५ गते दुवै दिन मतदान गर्न सकिनेछ।

त्यसैगरी धुलिखेल अस्पताल धुलिखेल काभ्रेमा पौष ११ गते (शुक्रबार) मतदान हुनेछ भने काठमाडौं उपत्यकाअन्तर्गत राष्ट्रिय सभा गृह, भृकुटी मण्डप तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा पौष ११ र १२ गते मतदान हुने छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : २७ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो