२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक



काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १÷१ जना प्रादेशिक संयोजकसमेत रहने गरी) , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन् ।

अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । सङ्घको निर्वाचन काठमाडौं उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौँ उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : २४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता