५ पुस २०८२, शनिबार | December 20, 2025

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई कसैले जिस्काउने वा प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै उनले विद्रोहलाई अपमानित गर्ने काम स्वीकार्य नहुने बताए ।

थुनामुक्त भएपछि शनिबार चितवनमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै लामिछानेले उक्त आन्दोलन जनताबाट स्वतःस्फूर्त रूपमा भएको विद्रोह भएको बताए। भदौ २३ गते ताकीताकी गोली चलाइएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेको उनको टिप्पणी थियो।

“यो जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यसलाई कतै कुनामा बसेर जिस्काउने, चलाउने वा दुरुपयोग गर्ने आँट कसैले नगरोस्।”

लामिछानेले प्रतिनिधिसभा ब्युँताउने प्रयासप्रति पनि आपत्ति जनाए। उनले जनताको विद्रोहलाई चुनौती दिने नाममा संसद् पुनः सक्रिय बनाउने प्रयास भइरहेको संकेत गर्दै त्यसप्रति सचेत रहन चेतावनी दिए।

“जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउनेहरू होसियार हुनुहोस्,” उनले भने, “सहिदको रगत अझै सुकेको छैन, सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन।”

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ४४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य