६ पुस २०८२, आइतबार | December 21, 2025

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त



काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । प्रतिस्पर्धा आइतबार बिहान १०:४५ बजे दुवईस्थित आईसीसी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई समान आठ विकेटले हराउँदै उपाधि भिडन्तमा भारतसँग भेट पक्का गरेको छ ।

आठ टोली सहभागी प्रतियोगितामा समूह चरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया प्रतियोगिताबाट बाहिरिएका थिए । फाइनलमा पारम्परिक प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच हुने भिडन्तले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : १४ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा