७ पुस २०८२, सोमबार | December 22, 2025

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन



काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु गर्ने भएको छ । जेनजी समूहका अनुसार आइतबार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिनेछ ।

आन्दोलनका बारेमा जेनजी अगुवा मिराज ढुंगानाले समूह कुनै पनि व्यक्ति वा शक्तिबाट परिचालित नभएको स्पष्ट पारेका छन् । उनले भने, “हामी कोही कसैबाट परिचालित भएका छैनौँ । सुरुआती दिनदेखि नै हाम्रा मागहरू स्पष्ट छन् र ती फेरिएका पनि छैनन् । हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुन्छ ।”

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको कार्यकाल पूरा भएकै दिन विभिन्न जेनजी समूहहरूले आन्दोलनको घोषणा गरेका हुन् । जेनजी समूहले सरकारको १०० दिनको कामलाई असफल ठहर गर्दै आफ्ना माग र मुद्दाहरू सरकारले ‘अपहरण’ गरेको आरोप लगाएका छन् ।

जेनजी समूहका अनुसार वर्तमान सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्न नसकेको छ । “सरकार हाइज्याक भएको छ, सरकार अपहरणमा परेको छ,” ढुंगानाले भने, “हाम्रो आन्दोलन जेनजीका माग पूरा नगरी सरकारले अघि सारेको चुनावी प्रवृत्तिका विरुद्ध हो । आन्दोलनको अग्रपंक्तिमा म स्वयं खटिन्छु ।”

प्रधानमन्त्रीको राजीनामा माग गर्दै गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन-टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजीलगायत ३० भन्दा बढी जेनजी समूह आन्दोलनमा सहभागी हुने जनाइएको छ । यस्तै, अल-नेसन जेनजी, जेनजी एकता मञ्च र समता जेनजीले पनि प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् ।

विभिन्न जेनजी समूहहरूको संयोजकको जिम्मेवारी मिराज ढुंगानालाई दिइएको छ । उनी गरिखान देउ अभियानका समेत संयोजक हुन् । जेनजी समूहले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ४० बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले