९ चैत्र २०८२, सोमबार | March 23, 2026

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग



बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा हत्यामा संलग्नलाई पहिचान गरी हदै सम्मको कारवाही गर्न माग गरेको छ ।

संघले आईतबार एक विज्ञप्ती प्रकाशन गरी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ धौलागिरी चोकका व्यवसायी, बुटवल उद्योग वाणिज्य संघकी सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा १७ वर्षीय ईशान पौडेल हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको हो । ईशानको यहि पुस ३ गते बिहिबार राती घर नजिकै हत्या भएको थियो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र हदै सम्मको कारवाही गर्न माग गरिएको छ । नयाँ पुस्ताका ऊर्जावान र होनहार युवाको जघन्य हत्या हुनु दुःखद र निन्दनीय रहेको संघले जनाएको छ ।

संघले घटनामा संलग्नलाई पहिचान गरी छिटोभन्दा छिटो कडा कारबाही गर्न र समाजमा शान्ति सुरक्षा कायम प्रहरी प्रशासनलाई आग्रह गर्दै यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानले कारवाहीले समाजमा शान्ति सुरक्षा कायम गर्न सघाउ पुर्याउने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : १० बजे

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा