७ पुस २०८२, सोमबार | December 22, 2025

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ



काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बिना प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

मिराज ढुंगानालगायतका ‘जेनजी’ कार्यकर्ताहरू सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै आन्दोलनको घोषणा गरेर माइतीघरमा उत्रिएका थिए। तर, प्रशासनबाट अनुमति नलिइकन प्रदर्शन गरिएको कारण प्रहरीले हस्तक्षेप गरेको हो।

प्रदर्शनका क्रममा मिराज ढुंगानाले सडकमै सुतेर विरोध जनाएका थिए। प्रहरी प्रदर्शनकारीलाई हटाउने प्रयास गर्दा दुवै पक्षबीच धकेलाधकेल समेत भएको थियो। सो क्रममा केही ‘जेनजी’ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

अनुमतिविपरीत आन्दोलन गरिएको भन्दै प्रहरीले प्रदर्शन स्थल खाली गराउने प्रयास जारी राखेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : २५ बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा