२९ भदौ २०८३, सोमबार | September 14, 2026

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला



दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा बिना इजाजत(अनुमति) सडक किनारका रुख कटान गरेको मुद्दामा दाङको राप्ती गाउँपालिकाका अध्यक्षसहित २ जना वडा अध्यक्षलाई १५ दिन कैद सजायको फैसला भएको छ । दाङ जिल्ला अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ गर्दै पालिका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको छ।

दाङ जिल्ला अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ भने राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष वीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्षविष्ट, ३ जना वडा अध्यक्षसहित ८ जनालाई जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए।

सूचना अधिकारी वलीका अनुसार गाउँपालिकाका अध्यक्ष विष्ट समेत ९ जनाविरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा ८ जना विरुद्ध आंशिक अभियोग दाबी पुग्ने अदालतले ठहर गरेको हो ।

अदालतले तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने सफाइ दिएको छ। २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो।

विष्ट तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । विष्टसहितको समूहले भालुवाङदेखि सिंगेखोला सम्म पूर्व–पश्चिमको दायाँ र बायाँ रहेका रुखहरू बिना अनुमति काटेर ओसारपसार गरेको आरोपमा डिभिजन वन कार्यालय लमहीको तर्फबाट दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : १० बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला