काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका छन् ।
गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित खनाल निवासमा पुगेका हुन् ।
स्वास्थ्य अवस्था बुझ्न खनाल निवास पुगेका प्रचण्ड र नेपालले घाइते चित्रकारको स्वास्थ्यलाभको कामना गरेका छन् ।
चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको घरमा पुगेका नेता द्वयलाई नेता खनालले जानकारी दिएका थिए ।



















प्रतिक्रिया