१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न



लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले लुम्बिनीमा आयोजना गरिएको पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा दुईदिने तालिम सञ्चालन गरिएको हो ।

सोमबारदेखि सुरु भएको तालिमको उद्देश्य क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु रहेको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले बताए । “लुम्बिनी केवल बुद्ध जन्मस्थल मात्र होइन,” उनले भने, “यहाँ संस्कृति, इतिहास, प्रकृति र समुदायसँग जोडिएका अनेकौँ पर्यटन कथाहरू छन् । ती कथालाई प्रभावकारी तस्बिरमार्फत प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गएकाले स्थानीय गन्तव्यलाई ग्लोबल बजारसम्म पुर्‍याउन यो तालिम प्रभावकारी हुने विश्वास छ ।”

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा उल्लेख गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए । “तपाईंहरूले आज लुम्बिनी, कपिलवस्तु, पाल्पा, नवलपरासी वा बर्दियाका कथाहरू जसरी क्यामेरामा उतार्नुहुन्छ, ती तस्बिरहरूले नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्नेछन्,” उनले भने । यो तालिमले लुम्बिनी प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई उजागर गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, पर्यटन बोर्डको प्रवर्द्धन रणनीति तथा दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिए । त्यसैगरी प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे सहभागीलाई व्यवहारिक ज्ञान प्रदान गरे ।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यासका लागि फिल्ड भिजिट पनि गराइएको थियो । तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको थियो ।

यस प्रकारको प्रशिक्षणले लुम्बिनी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ०८ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार