१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान



रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई तिलोत्तमा नगरपालिकाले राष्ट्रिय झण्डा प्रदान गरेको छ । नगरपालिकामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले जापान गोजुरीयो कराते-डो मिसन नेपालका खेलाडी तथा अफिसियलहरूलाई शुभकामना दिँदै राष्ट्रिय झण्डा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मेयर खाणले नेपालको इज्जत र गौरव बढाउने खेलाडी उत्पादनमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षमताअनुसार निरन्तर सहयोग गर्दै आएको बताए । उनले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदमार्फत देशको नाम चिनिनुका साथै खेलाडीहरूको जीविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरीले खेलकुदसँगै अध्ययनलाई पनि निरन्तरता दिन खेलाडीहरूलाई आग्रह गरिन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम उज्यालो बनाउन शुभकामना व्यक्त गरिन् ।

बधाई तथा शुभकामना कार्यक्रममा जापान गोजुरीयो करातेका सल्लाहकारहरू भरत क्षेत्री र बसन्त रोका, नगर खेलकुद संयोजक लोक पुनलगायतले नेपाली खेलाडीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे ।

जापान गोजुरीयो कराते-डो मिसन संघ, नेपालको नेतृत्वमा नेपाली टोली यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३०) भारतको पुनेमा आयोजना हुने १७ औँ अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप-२०८२ मा सहभागी हुन लागेको हो ।

संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबी राना काजीका अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल तथा सञ्चारकर्मीसहित २८ सदस्यीय टोली सहभागी हुनेछ । विगतका प्रतियोगिताहरूमा जस्तै यस वर्ष पनि नेपाली कराते खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेर नेपालको नाम उच्च बनाउने विश्वास उनले व्यक्त गरे ।

सो प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी लुम्बिनी प्रदेशका रहेका छन् । टोलीलाई पुस ११ गते बिहीबार बिहान १० बजे रुपन्देहीको बेलहिया नाकामा बिदाइ कार्यक्रमपछि भारततर्फ प्रस्थान गरिने जापान गोजुरीयो कराते-डो मिसन संघका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : २४ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार