२९ भदौ २०८३, सोमबार | September 14, 2026

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने



बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज किरण बि.कले उक्त जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै बि.कले कुलमान घिसिङको उपस्थितिमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिसकेको बताए । उनले भने, “पुसभित्रै रुपन्देहीमा ऊर्जा र विकाससँग सम्बन्धित विशेष कार्यक्रम आयोजना गर्ने तयारीमा हामी जुटिसकेका छौं ।”

विकका अनुसार उज्यालो नेपाल पार्टीले लुम्बिनी प्रदेशमा संगठन विस्तारको कामलाई तीव्र बनाएको छ । रुपन्देहीका पाँचैवटा निर्वाचन क्षेत्रमा स्थलगत रूपमा पुगेर नागरिकसँग संवाद गरिएको र पार्टीप्रति उल्लेख्य उत्साह देखिएको उनको दाबी छ ।

उनले पार्टीले रुपन्देही जिल्लामा कार्यसमिति गठन गरिसकेको र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूमा पनि आगामी केही दिनभित्र कार्यसमिति गठन गर्ने तयारी भइरहेको जानकारी दिए । पार्टीमा सहभागी हुन चाहनेहरूलाई समेट्ने उद्देश्यले जिल्ला कार्यसमिति गठनमा केही ढिलाइ भएको विकले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा विकले आगामी निर्वाचनमा रणनीतिक रूपमा अघि बढ्ने संकेत पनि गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग तत्काल एकता नभए पनि निर्वाचनमा गठबन्धनको सम्भावना रहेको उनले बताए । साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको र सोही धारमा उज्यालो नेपाल पार्टी पनि जोडिन सक्ने दाबी गरे ।

यसैगरी, विकले आगामी निर्वाचनमा आफू रुपन्देहीबाटै उम्मेदवार बन्ने घोषणा पनि गरे । उनले रुपन्देही क्षेत्र नम्बर २, ३ वा ५ मध्ये कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने तयारी रहेको बताए ।

उज्यालो नेपाल पार्टीले विकास, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई अघि सार्दै लुम्बिनी प्रदेशलाई संगठनात्मक रूपमा बलियो बनाउने लक्ष्य लिएको विकको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ५१ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका