२९ भदौ २०८३, सोमबार | September 14, 2026

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत



ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि बिहीबार स्वदेश फर्किएका छन् । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उनको आगमनलाई बङ्गलादेशी राजनीतिमा अत्यन्तै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

तारिक रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसहित लन्डनबाट बङ्गलादेश एयरलाइन्सको विशेष उडानमार्फत ढाका आइपुगेका हुन् । उनको विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सिल्हटमा केही समय रोकिएको थियो ।

उनको स्वागतका लागि विमानस्थल वरपर र ३०० फिट रोड क्षेत्रमा ठूलो संख्यामा बिएनपी समर्थक र कार्यकर्ताको उपस्थिति देखिएको थियो । देशका विभिन्न भागबाट आएका समर्थकहरूले उक्त क्षेत्रलाई जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेता, स्थायी समितिका सदस्यलगायत शीर्ष नेताहरू विमानस्थलमै उपस्थित भई रहमानलाई स्वागत गरेका थिए ।

भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न विमानस्थल प्रशासनले २४ घण्टाका लागि सर्वसाधारणको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रुहरूबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडी न्युज २४ ले जनाएको छ ।

यसैबीच, बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको आगमनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार रहमानको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

ढाकामा अवतरणपछि रहमान ३०० फिट रोड (९३६ जुलाई एक्सप्रेसवे) मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनी एभरकेयर अस्पताल जाने र त्यसपश्चात गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्ने कार्यक्रम तय भएको छ ।

बिएनपीका अनुसार रहमानले आगामी डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाएका छन् । यसका लागि निर्वाचन कार्यालयहरू शनिबार पनि खुला रहने जनाइएको छ ।

यसैबीच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै बिएनपी नेतृ खालिदा जिया र तारिक रहमानको तर्फबाट बोगुरा क्षेत्रका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि नामांकन फाराम संकलन भइसकेको बिडी न्युज २४ ले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  २ : ५५ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी