२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कांग्रेसको महाधिवेशन तोकिएको समयमा सम्भव देखिएन् : कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने अवस्था नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले यो जानकारी दिएका हुन् ।

महतका अनुसार तोकिएको समयमा महाधिवेशन गर्ने कुनै पर्याप्त आधार नभएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन सञ्चालनका लागि सबैभन्दा ठूलो चुनौती क्रियाशील सदस्यता टुंग्याउनु रहेको बताए । क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा रहेको छ ।

डा. महतले भने कि, “जिल्ला-जिल्लामा क्रमसंख्या नभएको क्रियाशील सदस्यता फारम गएको हुनाले फेरि पठाउनुपर्ने अवस्था छ । कतिपय जिल्लाहरूमा समयमा फारम भरेर बुझाउन सकिएको छैन । भरेर मात्र पुग्दैन, त्यसलाई इन्ट्री गर्नुपर्छ, जुन सहज प्रक्रिया होइन ।”

उनले विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले, जिल्लाका कार्यकर्ताहरूको भरमजबुर प्रयासका बावजुद पनि सबै ठाउँमा सदस्यता टुंगिन नसकेको बताए । “जिल्ला कार्यालय नै तहसनहस छ । यी सबै कारणले गर्दा क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाजिल्लाका साथीहरूले प्रयास गर्दा पनि सबै ठाउँमा समान रूपमा सम्पन्न हुन सकेको छैन,” उनले थपे ।

त्यसैले, महतका अनुसार पार्टीको तोकिएको समयमै महाधिवेशन गर्ने योजना सम्भव नहुने देखिएको छ । उनले जिम्मेवार पदाधिकारीहरूले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने पनि जोड दिए ।

उनको भनाइ अनुसार, पार्टीको संगठनात्मक तयारी, सदस्यता प्रक्रिया र प्रशासनिक चुनौतीहरू मिलाएर मात्रै महाधिवेशन सफलतापूर्वक सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ५ : ३४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा