१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरी आफू राजनीतिमा सक्रिय भएको जानकारी दिएका छन् । बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा भएको भेटवार्तामा बालेनले भट्टराईलाई बोलाएका थिए ।

भेटपछि भट्टराईले सञ्चारकर्मीहरूसँग भने, “नयाँ र वैकल्पिक शक्ति मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा म छु । यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएको हुँ ।”

बालेनले उक्त भेटमा आफू राजनीतिमा प्रवेश गरेको बताएर भट्टराईसँग सहयोग मागेका थिए । जेनजी स्रोतका अनुसार बालेनले भट्टराईलाई अभिभावकको भूमिकामा रहँदै आफूलाई मार्गदर्शन र सहयोग गरिदिन अनुरोध गरेका थिए ।

यो भेटवार्ता राजनीतिक परिवेशमा नयाँ चर्चा सिर्जना गरेको छ । विशेष गरी बालेनले आफ्नो राजनीतिक सक्रियता सार्वजनिक गर्दै अनुभवी नेता भट्टराईसँग सल्लाह लिन खोज्नु आगामी चुनावी तयारी वा वैकल्पिक राजनीतिक भूमिका लिन लागिएको संकेतका रूपमा हेरिएको छ ।

भेटवार्तापछि बालेन र भट्टराईबीच आगामी रणनीति वा सहकार्यबारे थप छलफल हुने अनुमान गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको सक्रियता र भट्टराईको मार्गदर्शनले काठमाडौं तथा राष्ट्रिय स्तरमा नयाँ राजनीतिक खालको हलचल ल्याउन सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ०५ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै