१० पुस २०८२, बिहिबार | December 25, 2025

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरी आफू राजनीतिमा सक्रिय भएको जानकारी दिएका छन् । बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा भएको भेटवार्तामा बालेनले भट्टराईलाई बोलाएका थिए ।

भेटपछि भट्टराईले सञ्चारकर्मीहरूसँग भने, “नयाँ र वैकल्पिक शक्ति मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा म छु । यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएको हुँ ।”

बालेनले उक्त भेटमा आफू राजनीतिमा प्रवेश गरेको बताएर भट्टराईसँग सहयोग मागेका थिए । जेनजी स्रोतका अनुसार बालेनले भट्टराईलाई अभिभावकको भूमिकामा रहँदै आफूलाई मार्गदर्शन र सहयोग गरिदिन अनुरोध गरेका थिए ।

यो भेटवार्ता राजनीतिक परिवेशमा नयाँ चर्चा सिर्जना गरेको छ । विशेष गरी बालेनले आफ्नो राजनीतिक सक्रियता सार्वजनिक गर्दै अनुभवी नेता भट्टराईसँग सल्लाह लिन खोज्नु आगामी चुनावी तयारी वा वैकल्पिक राजनीतिक भूमिका लिन लागिएको संकेतका रूपमा हेरिएको छ ।

भेटवार्तापछि बालेन र भट्टराईबीच आगामी रणनीति वा सहकार्यबारे थप छलफल हुने अनुमान गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको सक्रियता र भट्टराईको मार्गदर्शनले काठमाडौं तथा राष्ट्रिय स्तरमा नयाँ राजनीतिक खालको हलचल ल्याउन सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ०५ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न