१० पुस २०८२, बिहिबार | December 25, 2025

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता



बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ । प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरुमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरुलाई भ्रमणको निमन्त्रणा गरेको थियो ।

सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको थियो । बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरुको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरुलाई सहज बजार प्रबन्धनका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक ई किरण खरेलले जानकारी दिए ।

बिहीबार प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीमा आउनुभएका भारतीय उद्योगीहरु निकै खुसी हुनुभएको र नेपालमा उद्योगको साथै प्रर्यटन प्रवद्धर्नमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले जानकारी दिए ।

बिहीबारको भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोककर्तामा पाएको बताए ।

‘हामीले भारतमा बस्दा केही नेपाली साथीहरुसँग मात्रै कुरा भएको थियो तर एकै प्रदर्शनीमा यति धेरै सहभागिता देखेर हामीले त नेपालमा ठूलो उद्योग र पर्यटनको संभावना देखेका छौं, हामी अब सहकार्य गरेर जानसक्छौं, धेरै क्षेत्रमा सहकार्यका आधार यो भ्रमणले देखायो, निकै खुसी छौं’ उनले भने ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ४२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र