१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम गो र एक्सन स्पोर्टश एचडी १ मा हुने



काठमाडौ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुन गइरहेको ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ।

यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिसहोम गो एप र एक्सन स्पोर्टश एचडी १ टेलिभिजन च्यानल मार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिनेछ।

यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकको विश्वास छ।

बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन् ।
यस प्रतियोगिताका आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई डिसहोम गो र एक्सन स्पोर्टश एचडी १ मार्फत निस्शुल्क रुपमा प्रत्यक्ष प्रसारण गर्ने छ। साथै खेलप्रेमी दर्शकहरुले खेलको आनन्द लिनको लागी बेसीशहर पुगेर खेल हेर्नका लागि आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ५७ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका