१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् सदस्य नियुक्त



काठमाडौं । नेपाली क्रिकेटका अनुभवी प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् । खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका टमाटालाई सरकारको निर्णयअनुसार राखेपको सदस्यमा मनोनयन गरिएको हो ।

टमाटा हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिम रोयल्स लगातार दुई सिजन उपविजेता बन्न सफल भएको थियो । खेलाडी र प्रशिक्षक दुवै हैसियतमा उल्लेखनीय योगदान दिएका टमाटा नेपाली क्रिकेट वृत्तमा अनुभवी र सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् ।

राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहेका टमाटाले क्रिकेट खेलाडी उत्पादन, प्रशिक्षक विकास र संरचनागत सुधारमा निरन्तर योगदान दिँदै आएका छन् । अब उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्यका रूपमा नीति निर्माण, खेल विकास र व्यवस्थापनमा भूमिका खेल्नेछन् ।

टमाटाको नियुक्तिसँगै नेपाली क्रिकेट तथा समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : ०४ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका