७ कार्तिक २०८३, शनिबार | October 24, 2026

नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् सदस्य नियुक्त



काठमाडौं । नेपाली क्रिकेटका अनुभवी प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन् । खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका टमाटालाई सरकारको निर्णयअनुसार राखेपको सदस्यमा मनोनयन गरिएको हो ।

टमाटा हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिम रोयल्स लगातार दुई सिजन उपविजेता बन्न सफल भएको थियो । खेलाडी र प्रशिक्षक दुवै हैसियतमा उल्लेखनीय योगदान दिएका टमाटा नेपाली क्रिकेट वृत्तमा अनुभवी र सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् ।

राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहेका टमाटाले क्रिकेट खेलाडी उत्पादन, प्रशिक्षक विकास र संरचनागत सुधारमा निरन्तर योगदान दिँदै आएका छन् । अब उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्यका रूपमा नीति निर्माण, खेल विकास र व्यवस्थापनमा भूमिका खेल्नेछन् ।

टमाटाको नियुक्तिसँगै नेपाली क्रिकेट तथा समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : ०४ बजे

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा