१२ पुस २०८२, शनिबार | December 27, 2025

महाधिवेशनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भोली बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै



काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछि पहिलोपटक पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यत: समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली टुंग्याउने एजेन्डा रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले बैठक अत्यन्तै महत्वपूर्ण मानिएको छ । आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन दलहरूलाई समय दिएको छ ।

एमाले स्रोतका अनुसार जिल्ला र प्रदेश कमिटीबाट आएका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरूले छोटो सूची तयार गरिसकेका छन् । सोही सूचीमाथि छलफल गर्दै आजको बैठकले अन्तिम निर्णय गर्ने तयारी गरिएको छ ।

बैठकमा समानुपातिक उम्मेदवार छनोटसँगै पार्टी कार्यालय व्यवस्थापन, पछिल्लो राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्रीले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग गरेको छलफलका विषयमा पनि अध्यक्ष ओलीले सचिवालय बैठकमा जानकारी गराउने कार्यसूची रहेको एक पदाधिकारीले बताए ।

एमालेले समानुपातिक सूची समावेशी सिद्धान्तअनुसार तयार गर्ने बताउँदै आएको छ । दलभित्र महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाबसमेत रहेको छ । आजको बैठकबाट नाम टुंगिएसँगै भोलि नै निर्वाचन आयोगमा सूची बुझाइने तयारी गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : ४१ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको