काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टीले सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी तयारी गरेको हो ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, समानुपातिक तर्फका उम्मेदवारको सूची, संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक परिस्थितिबारे व्यापक छलफल हुने छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, उम्मेदवार छनोटको मापदण्ड, चुनावी एजेन्डा र अभियानका विषयमा निर्णय लिन बैठक महत्वपूर्ण हुने बताइएको छ । विशेषगरी समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीबारे छलफल गरी अन्तिम रुप दिने तयारी रहेको नेताहरूले जनाएका छन् ।
राप्रपाले पछिल्लो समय संगठन विस्तार र जनसमर्थन बढाउने अभियानलाई तीव्र बनाएको छ । सोही सन्दर्भमा सोमबारको बैठकलाई पार्टीका आगामी राजनीतिक कदम र चुनावी रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।



















प्रतिक्रिया