१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बसन्तको बखानमाथि बुटवलमा छलफल



बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ ।

बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका साथसाथै चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयहरु रोचक ढंगले प्रस्तुत गरिएको बता ए।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत रहेका उनले बखानसिंह गुरुङको सैनिकदेखि मन्त्री हुँदासम्मका उवडखावड यात्रा, पारिवारिक विछोड र राजनीतिक टकराव समेटेर आख्यानका रुपमा प्रस्तुत गरेको बताए ।

‘पुस्तकमा बखानसिंहको बखानमात्रै छैन, त्यसबेलाको भौगोलिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक पाटा पनि छन्- उनले भने- बखानसिंहलाई केन्द्रमा राखेर २००७ सालदेखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रमलाई समेटिएको छ ।’ पुस्तकमा चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना, त्यहाँ गरिएका सिकार, थारु जातिको जीवनशैली र मलेरियासँग जुधेर बाँचेका थारुहरुको जीवन्त चित्रण गरिएको छ ।

पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालको सहजीकरण र हिमालय बुक हाउसका सञ्चालक माधव गौतमको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा पाठकहरुले राखेका जिज्ञासाको जवाफ दिदै लेखक पराजुलीले पुस्तकले राजा महेन्द्रको मृत्यु, राष्ट्रिय निकुञ्जका जनावर र ती जनावरबारेका रोचक प्रसंगहरु उल्लेख गरिएको बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५९ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को