१४ असार २०८३, आइतबार | June 28, 2026

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा



बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने ‘बुटवल सडक खाना महोत्सव’ आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि सुरु हुने महोत्सव बुटवल-९ स्थित तिनकुने चोकदेखि बसपार्क चोकसम्म सञ्चालन हुनेछ ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवकुमार खनालले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा स्थानीय तथा रैथाने खानाका परिकार, विभिन्न जातजातिका मौलिक परिकारसहित स्वदेशी तथा विदेशी स्वादका परिकार प्रस्तुत गरिने उनले बताए । महोत्सवका लागि सडकको बीच भागमै अत्याधुनिक स्टल निर्माण गरिएको पनि उनले जानकारी दिए ।

महोत्सवमा खानाका परिकारसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ तथा वितरण एवं स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाले बताए ।

उनका अनुसार महोत्सवले बुटवलको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय खानाका परिकारको प्रवर्द्धन, कला-संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न महोत्सव स्थलमा विभिन्न पर्यटकीय स्थल समेटिएको सेल्फी जोन निर्माण गरिनेछ भने पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठीसमेत आयोजना गरिने संघका उपाध्यक्ष तथा गोष्ठी-सेमिनार उपसमिति संयोजक रोमाकान्त पाण्डेले जानकारी दिए ।

महोत्सवमा करिब ६० वटा खाना स्टल रहने संघका महासचिव तथा महोत्सवका सदस्य सचिव केशव कँडेलले बताए । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिने र अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी दिए ।

महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्काउने झाँकीसहितको ¥याली निकालिने संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले बताए । संघले विगत ०७५ सालदेखि निरन्तर रूपमा सडक खाना महोत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ४० बजे

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट