१५ पुस २०८२, मंगलबार | December 30, 2025

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम



बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको शीतलहरका कारण सडक चिप्लिएपछि सवारी साधन चल्न नसक्दा लामो जाम सिर्जना भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दाउन्ने पहाडको उकालो-ओरालो खण्डमा सडक अत्यधिक चिप्लो बनेपछि ठूला तथा भारी सवारीसाधन अघि बढ्न नसक्दा समस्या उत्पन्न भएको हो । यसका कारण यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन् ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार दाउन्ने खण्डमा विशेष गरी मालवाहक ट्रक, बस र ठूला सवारीसाधन चिप्लिएर अड्किँदा साना सवारीसाधन समेत अगाडि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ । सडकको सतह भिजेको र चिप्लो भएकाले सवारी सञ्चालनमा जोखिम बढेको छ ।

निर्माणाधीन बुटवल-नारायणगढ ११४ किलोमिटर सडकखण्डका अन्य भागमा आवागमन सामान्य रहे पनि दाउन्ने क्षेत्रमा भने अझै निर्माण कार्य जारी रहेकाले समस्या थप जटिल बनेको छ ।

सो क्षेत्रमा वान-वे प्रणालीमार्फत सवारी सञ्चालन हुँदै आएकोमा ओभरलोड सवारी साधन बिग्रिने र फस्ने समस्या पटक–पटक देखिँदै आएको छ ।

ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका यात्रालाई सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसम सामान्य नभएसम्म धैर्य गर्न अनुरोध गरेको छ । यता सडक विभाग र सम्बन्धित निकायले सडक सहज बनाउन आवश्यक पहल गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ०६ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र