२८ चैत्र २०८२, शनिबार | April 11, 2026

१७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्ण, सिद्धार्थ रानाको उत्कृष्ट प्रदर्शन



पुने । भारतको पुनेमा जारी १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदकसहित प्रतियोगिताको सुखद सुरुवात गरेको छ । अन्डर-१० वर्ष उमेर समूहअन्तर्गत काता विधामा नेपालका सिद्धार्थ रानाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहरेले पुनेस्थित अरोरा खेलकुद कम्प्लेक्समा दीप प्रज्वलन गरी गरेका थिए । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान र बंगलादेशका खेलाडीहरूको सहभागिता रहेको छ ।

करिब ४७० खेलाडीले विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटनपछि पहिलो खेल भारत र श्रीलंकाबीच सम्पन्न भएको थियो, जसमा निर्णायकको भूमिका नेपाल गोजुरियो करातेका प्रमुख प्रशिक्षक सियान काजी रानाले निर्वाह गरेका थिए ।

प्रतियोगितामा खेलाडीहरूले काता र कुमिते विधामा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताहरूलाई शिल्ड, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो अन्तर्राष्ट्रिय प्रतियोगिता जापान कराते-डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा सञ्चालन भइरहेको हो । यसअघि पनि यस्ता प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।

गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न देशबीच खेलकुद कूटनीति, मित्रता र अनुभव आदान-प्रदानलाई थप सुदृढ बनाउने काम गर्छ । उनले नेपाली खेलाडीहरूले यस पटक पनि उत्कृष्ट प्रदर्शन गरिरहेको बताए ।

नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुष) सहभागी छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा रहेका छन् । पहिलो दिनमै स्वर्ण पदक जित्दै नेपालले बलियो सुरुवात गरेपछि आगामी दिनमा थप पदक जित्ने आशा गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ३२ बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक