२७ भदौ २०८३, शनिबार | September 13, 2026

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम



काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पुस १७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो ।

महाशाखाले आउँदा दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना रहेको जनाएको छ । यसअघि बुधबार हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.९ र मंगलबार पुस १५ गते ४.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा हालसम्मकै सबैभन्दा कम तापक्रम सन् १९७८ जनवरी ११ मा –३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –४.१ डिग्री सेल्सियस रहेको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका भूभागमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले दैनिक मौसमी अद्यावधिक सूचना लिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ९ : ५९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित