१० असार २०८३, बुधबार | June 24, 2026

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।

१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले भने, “राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने वित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्नसक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।”

मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए । उनले भने, “नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुदा राष्ट्रिय महत्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहदाँ शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।”

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ६ : ३० बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३