१८ पुस २०८२, शुक्रबार | January 2, 2026

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मालिका गाउँपालिका-७ अर्जे राम्चेमा विद्यार्थी बोकेर वनभोज जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मालिका-६ का ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लुम्बिनी प्रदेश ००-ख-०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षीय बालक अनुभव गिरी र पैदल हिँडिरहेकी मालिका-६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । दुवैको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना मालिका-७ अर्जे राम्चे ओरालो सडक खण्डमा भएको हो । बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई वनभोजका लागि लैजाँदै थियो ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ४८ बजे

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य