१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता



बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिता २०८२, बुटवलमा शुरु भएको छ । राधाकृष्ण युवा क्लब, बुटवल-६ ले आयोजना गरेको प्रतियोगितामा बुटवलका युवा व्यवसायी तथा समाजेशेवी बसन्त ज्ञवालीले आफ्ना हजुरबुवाको स्मृतिमा मुख्य प्रायोजन गरेका हुन ।

तिलोत्तमानगरस्थित लुम्बिनी फुटसल एरिनामा प्रतियोगिताको एक समारोहका बिच प्रमुख अतिथि स्व. ईश्वरी प्रसाद ज्ञवालीका कान्छा सुपुत्र एवं अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नाती बसन्त ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्दघाटन गरेका थिए । सो अवसरमा मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा स्व. ज्ञवालीका कान्छा सुपुत्र लोकनाथ ज्ञवालीले युवाहरुको क्षमताबृद्धि र कुलतबाट बचाउन खेलमा संलग्ता बढाउन समाजले प्रेरित गर्नु पर्ने धारणा राखे । उनले स्थानीयस्तरमा आयोजना गरिने खेल गतिविधिबाट युवा खेलाडीहरुलाई अवसर सृजना हुने बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले खेलमार्फत युवाहरुलाई समाजिक काममा जोड्न सकिने बताउदै त्यसमा आफुले काम गर्दै आएको धारणा राखे ।

वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले खेलकुद समाजको अभिन्न अंग भएको हुदा त्यसमा राज्यले ध्यान दिनुपर्ने कुरामा जोड दिए । स्व. ईश्वरी प्रसाद ज्ञवालीका नाती तथा मुख्य प्रायोजक बसन्त ज्ञवालीले ईमान्दारिता, नैतिकता र परिश्रमलाई अवलम्बन गर्दा जिवनमा सफलता मिल्ने हजुरबुबाको प्रेरणाले आफु समाजसेवामा लाग्दै आएको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आरकेएफसीलाई १-० गोल अन्तरले पराजित गर्दै बुद्ध युवा क्लबले विजयी शुरुवात गरेको छ । बुद्ध युवाको जितमा भएको १ मात्र गोल चल्लु पठानले दोस्रो हाफमा गरेका हुन ।

सो अवसरमा राधाकृष्ण युवा क्लबका अध्यक्ष रिम बहादुर सारुले कुलतबाट युवा बचाउने अभियान, ब्यवसायिक खेलाडी उत्पादन, समुदाय केन्द्रिय विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।

प्रतियोगितामा १८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाबाट पुरस्कृत गरिने खेलसंयोजक लक्षु सिंजालीले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडिहरुलाई पुरस्कृत गरिने क्लबका सचिव शंकर परियारले जनाएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : २१ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका