२१ पुस २०८२, सोमबार | January 5, 2026

रास्वपाको समानुपातिक बन्दसूचीबाट चन्द्र ढकालका छोरा सचिनले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा एफसी चितवनका अध्यक्षसमेत रहेका ढकालले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिनले रास्वपाले समानुपातिक सूचीमा समावेश गरेर दिएको अवसरप्रति पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । उनले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप यसपटक व्यक्तिगत कारणले आफ्नो नाम सूचीबाट फिर्ता लिने निर्णय गरेको प्रष्टिकरण दिएका छन् ।

सचिनले युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने र आवश्यक परे आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी लिन सधैँ तयार रहने पनि बताएका छन् ।

विदेशमा अध्ययनपछि उतै आकर्षक अवसर हुँदाहुँदै पनि स्वदेश फर्किएर उद्यमशीलता विकासमा लाग्ने अठोटका साथ आफू नेपाल फर्किएको उनले उल्लेख गरेका छन् । आफ्ना पिता चन्द्रप्रसाद ढकालको प्रेरणाले स्वदेशमै उद्यम, रोजगारी सिर्जना र देशको समृद्धिमा योगदान गर्ने लक्ष्यसहित आफू अघि बढिरहेको उनको भनाइ छ ।

ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन र युवा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विदेशमा अवसर नपाएर वार्षिक पाँच लाखभन्दा बढी युवा पलायन भइरहेको यथार्थप्रति चिन्ता व्यक्त गरेका छन् । विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने युवाहरूका प्रयासमा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

व्यवसायिक पृष्ठभूमि भएको परिवारको सन्तान हुनु आफैंमा कमजोरी नभएको उल्लेख गर्दै ढकालले आफूले पारिवारिक नामभन्दा पनि आफ्नै शिक्षा, ज्ञान र नवउद्यममार्फत देशका युवाका लागि उदाहरणीय बन्ने प्रयास गरिरहेको बताएका छन् ।

 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : २६ बजे

फागुन २१ को निर्वाचन तयारीमा एमाले तीव्र, २४ निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

राष्ट्रियसभा निर्वाचनमा दलीय सहकार्यबारे पूर्णबहादुरद्वारा कांग्रेस कार्यसम्पादन समितिमा ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी राष्ट्रियसभा

विशेष महाधिवेशन प्रस्ताव निष्क्रिय भएको भन्दै कांग्रेसद्वारा जिल्ला तहमा परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखमा नियमित महाधिवेशन आयोजना गर्ने

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

काठमाडौं । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध

नवलपुरका दुई निर्वाचन क्षेत्रबाट नेकपाद्वारा १० उम्मेदवार सिफारिस

नवलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य