५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी



बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिता र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।

उद्यमशील सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उनले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।

मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलामा कृषि ज्ञान केन्द्रको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी समेत राखिने भएको छ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरी तयारी थालिएको समितिका महासचिब प्रमिला जोशी श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १२ : १४ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ