२४ माघ २०८२, शनिबार | February 7, 2026

उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प



काठमाडौं । उदयपुर जिल्लामा शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका १० बजेर ५१ मिनेट जाँदा उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन् । हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । सम्बन्धित निकायहरूले सम्भावित क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

यसअघि शनिबार नै ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । केही घण्टाको अन्तरालमै दुई स्थानमा भूकम्प गएकोले स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले यस्ता मध्यम खालका भूकम्पहरू समय-समयमा जाने गरेका छन् । केन्द्रले भूकम्पका बेला सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र अफवाहमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : २६ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि