१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

गोर्खा ब्याईजलाई दोस्रो राधाकृष्ण फुटसलको उपाधि



बुटवल । रुपन्देहीमा सम्पन्न स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिता २०८२ को उपाधि गोर्खा ब्याईज क्लबले चुमेको छ । शनिबार भएको फाईनलमा बिएमसी क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै गोर्खाले उपाधि चुमेको हो ।

उपाधिसंगै गोर्खा ब्याईजले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता बिएमसी भने नगद २५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गोर्खा ब्याईजका अंकित गुरुङ हाईस्कोरर, अनुप थापा उत्कृष्ट गोलकिपर तथा बिएमसीका अंकित सिजापति सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

तिलोत्तमानगरस्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनल खेलमा गोर्खा ब्याईजको जितमा अंकित गुरुङले ४ गोल तथा निराजन खत्रीले २ गोल गरे ।

एक समारोहका बिच समाजसेवी बसन्त ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, क्लबका अध्यक्ष रिम बहादुर सारु, सचिव शंकर परियार, खेल संयोजक लक्षु सिजलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

युवा पुस्ताको सोच, समृध्द नेपालको खोज नारासहित स्थापना भएको क्लबबाट युवा खेलाडीहरुलाई फुटबलमार्फत प्लेटफर्म दिने मात्र नभई कुलतबाट युवा बचाउने अभियान, ब्यवसायिक खेलाडी उत्पादन, समुदाय केन्द्रिय विभिन्न रचनात्मक कार्यक्रम समेत अग्रसर रहेको क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए । प्रतियोगितामा १७ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : १६ बजे

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिउ छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका