२४ पुस २०८२, बिहिबार | January 8, 2026

गोर्खा ब्याईजलाई दोस्रो राधाकृष्ण फुटसलको उपाधि



बुटवल । रुपन्देहीमा सम्पन्न स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिता २०८२ को उपाधि गोर्खा ब्याईज क्लबले चुमेको छ । शनिबार भएको फाईनलमा बिएमसी क्लबलाई ६-० गोल अन्तरले पराजित गर्दै गोर्खाले उपाधि चुमेको हो ।

उपाधिसंगै गोर्खा ब्याईजले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता बिएमसी भने नगद २५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गोर्खा ब्याईजका अंकित गुरुङ हाईस्कोरर, अनुप थापा उत्कृष्ट गोलकिपर तथा बिएमसीका अंकित सिजापति सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

तिलोत्तमानगरस्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनल खेलमा गोर्खा ब्याईजको जितमा अंकित गुरुङले ४ गोल तथा निराजन खत्रीले २ गोल गरे ।

एक समारोहका बिच समाजसेवी बसन्त ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, क्लबका अध्यक्ष रिम बहादुर सारु, सचिव शंकर परियार, खेल संयोजक लक्षु सिजलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

युवा पुस्ताको सोच, समृध्द नेपालको खोज नारासहित स्थापना भएको क्लबबाट युवा खेलाडीहरुलाई फुटबलमार्फत प्लेटफर्म दिने मात्र नभई कुलतबाट युवा बचाउने अभियान, ब्यवसायिक खेलाडी उत्पादन, समुदाय केन्द्रिय विभिन्न रचनात्मक कार्यक्रम समेत अग्रसर रहेको क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए । प्रतियोगितामा १७ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : १६ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै