२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



बुटवल । अविरल शीतलहरका कारण सडक चिप्लो बनेपछि नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका-४ स्थित दाउन्ने जंगल क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार आज बिहान ९ः३० बजेदेखि दाउन्ने जंगल खण्डमा शीतलहरका कारण सडक अत्यन्त चिप्लो बनेको हो । सडक अवस्था जोखिमपूर्ण भएपछि ठूलो मालबाहक सवारी साधन उकालो-ओरालो पार गर्न नसक्ने अवस्था सिर्जना भई सुरक्षाका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको कार्यालयले जनाएको छ ।

दाउन्ने जंगल क्षेत्र घुमाउरो र उकालो-ओरालो सडक खण्ड भएकाले चिप्लो सडकमा सवारी सञ्चालन गर्दा ठूला दुर्घटनाको सम्भावना उच्च रहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम तथा पश्चिम-पूर्व यात्रा गर्ने यात्रुवाहक बस, मालबाहक ट्रक र अन्य सवारी साधनहरू दुवैतर्फ लामो जाममा परेका छन् भने सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सम्बन्धित निकायले सडक अवस्थाको निरन्तर अनुगमन गरिरहेको र मौसममा सुधार आएपछि तथा सडक सुरक्षित भएपछि मात्रै सवारी सञ्चालन गरिने जनाएको छ । यसैबीच यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेकको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

शीतलहर अझै केही समय रहने मौसम पूर्वानुमान रहेकाले दाउन्ने जंगल हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ३६ बजे

प्रतिनिधिसभा निर्वाचन : १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का