१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मादुरो नियन्त्रणपछि डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यकारी राष्ट्रपति नियुक्त



काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएपछि देशको प्रशासनिक निरन्तरता कायम राख्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले वर्तमान परिस्थितिमा राज्य सञ्चालन अवरुद्ध हुन नदिन उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको भूमिका सम्हाल्नु उपयुक्त हुने ठहर गरेको हो । अदालतले संवैधानिक स्थायित्व, सार्वजनिक सेवा र सुरक्षा संयन्त्रलाई निरन्तरता दिन तत्काल कार्यकारी नेतृत्व आवश्यक रहेको उल्लेख गरेको छ ।

शनिबार अमेरिकाले भेनेजुएलाका विभिन्न स्थानमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलामा अमेरिकाले नै सरकार चलाउने अभिव्यक्ति दिएका छन्, जसलाई अन्तर्राष्ट्रियस्तरमै विवादास्पद र गम्भीर हस्तक्षेपका रूपमा हेरिएको छ ।

५७ वर्षीया डेल्सी रोड्रिगेज पेशाले अधिवक्ता हुन् । उनी मादुरो सरकारकी निकट र विश्वासपात्र नेतृका रूपमा चिनिन्छिन् । अनुभवी राजनीतिज्ञका रूपमा स्थापित रोड्रिगेजले यसअघि सञ्चारमन्त्री, विदेशमन्त्रीलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन् । सन् २०१८ मा उनी भेनेजुएलाकी उपराष्ट्रपति नियुक्त भएकी थिइन् भने एक वर्षअघि उनलाई तेल मन्त्रालयको जिम्मेवारी पनि दिइएको थियो, जुन भेनेजुएलाको अर्थतन्त्रका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ ।

अमेरिकाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि रोड्रिगेजले अमेरिकी हस्तक्षेपको कडा शब्दमा विरोध गरेकी छन् । उनले यो कदम भेनेजुएलाको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घन भएको बताउँदै देशको स्वाधीनताको रक्षा गर्न सबै नागरिकलाई एकजुट हुन आह्वान गरेकी छन् ।

डेल्सी रोड्रिगेजको राजनीतिक पृष्ठभूमि पनि चर्चित छ । उनी वामपन्थी गुरिल्ला लडाकूकी छोरी हुन् । उनका बुवा जर्ज एन्टोनियो रोड्रिगेज भेनेजुएलाका प्रभावशाली वामपन्थी गुरिल्ला लडाकू थिए । बुवाको राजनीतिक विरासत र संघर्षकै प्रभावमा रोड्रिगेज राजनीतिमा प्रवेश गरेको विश्लेषकहरू बताउँछन् ।

अमेरिकी हस्तक्षेपपछि भेनेजुएलामा राजनीतिक, कूटनीतिक र सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । यस्तो परिस्थितिमा डेल्सी रोड्रिगेजको कार्यकारी नेतृत्वले देशलाई कसरी अगाडि बढाउँछ भन्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ११ : ३७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो