२३ पुस २०८२, बुधबार | January 7, 2026

प्रधानमन्त्री कार्कीलाईं थारू कल्याणकारिणी सभाले दियो माघी महोत्सवको निम्तो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।
महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे।
अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्दै निजामती सेवामा आफूहरुको आरक्षणको विषय सुनिश्चित गर्न माग गरे ।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन । उनले भनिन, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।”

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ५८ बजे

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक

नेपाली कम्युनिष्ट पार्टीमा २४९९* जना केन्द्रीय सदस्य, पुस २९ गते शपथ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय

बाँकेमा घृणा, द्वेष र उत्तेजना फैलाउने कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने

नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र